कोरना भाइरस विरुद्ध लडेको चीनलाई नेपालको साथ

84677196_486517622036495_2725778523137507328_n

काठमाडौं : नोवेल कोरना भाइरस विरुद्ध लडेको छिमेकी देश चीनलाई नेपालले आफ्नो साथ रहेको जनाएको छ । कोरोना भाइरसविरुद्धको संघर्षमा लडिरहेको चीनलाई हामी साथमा छौ भनेर साथ दिन ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले 'हामी साथमा छौ' कार्यक्रम सञ्चालन गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कोरोना भाइरस नियन्त्रणमा चिनले सफलता प्राप्त गर्दै गएको कुरा विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताइन् ।

अर्यालले भनिन्, 'चीनले कोरोना भाइरसलाई जित्दैछ । नियन्त्रणमा ल्याउन निरन्तर लागिरहेको छ । यो सन्देशलाई विश्व समुदायमाझ फैलाउन हामी लाग्छौ।'

चिन, नेपाल छिमेकी मात्र नभएर असल छिमेकीमा रुपमा स्थापित भइसकेको उनको भनाइ थियो । नेपालमा भूकम्प आउदा होस वा अन्य विभिन्न समयमा चिन सधै नेपालको साथ रहदै आएको भन्दै नेपाल र चिनको सम्बन्ध कहिल्यै नटुट्ने स्थानमा रहेको उनले बताइन् । चीन अहिले महामारीसँग लड्दै आएको र यसलाई छिट्टै जित्ने मन्त्री अर्यालको विश्वास रहेको छ । चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै संक्रमण नरहेको भन्दै उनले चिनमा रहेका विद्यार्थी नेपाल ल्याउन नेपाल सरकार तयार रहेको र छिट्टै ल्याउने बताइन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान छिले चिनले हा ब्यहोरिरहेको बिपत्तिप्रति नेपालले देखाएको सद्भावको सराहना गरिन् । उनले चीन सरकारले यसको नियन्त्रण गर्न महत्वपुर्ण कदम चालेको बताउदै महामारी रोकथाम गर्न निरन्तररुपमा लागेको बताइन् । महामारी रोकथाम गर्न उच्चतहको सतर्कता अपनाइएको भन्दै उनले सिमापार संक्रमन फैलावट नियन्त्रणमा विशाल जिम्मेवार राज्यका रुपमा चिनले काम गरेको बताइन् ।

Comments

Top