नेपालले समृद्धिको ज्वाला फुटाउँछ, लगानी सुरक्षाको ग्यारेन्टी गर्छ : सांसद बस्नेत

IMG_20200212_223755

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल द्रुत गतिमा विकासको बाटोमा रहेको बताएका छन्।

बुधबार गैरआवसीय नेपाली संघ अष्ट्रेलियाको आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशले बिकासको गति समाएको बताएका हुन्। `स्थिर सरकार निर्माण भएसँगै मुलुकले काँचुली फेर्न थालेको छ, आगामी दिनमा विकास र समृद्धिको झिल्को नभई ज्वाला हुने छ´ बस्नेतले भने ।

प्रथम र द्वितीय पक्ष बाहेक तेस्रो पक्षलाई सवै नराम्रो देख्ने प्रवृत्तिलाई हटाउनु अहिलेको अपरिहार्यता रहेको औंल्याउँदै उनले युवाहरुको प्रगतिशिल सोचकै कारण कतिपय अवस्थामा आक्रामक रुपमा प्रस्तुत हुने समेत उल्लेख गरे। ‘तँ र म राम्रो अरु सवै नराम्रो भन्ने चिया गफ हुने गरेको कतिपय अवस्थामा पाइन्छ । अब त्यसकाे अन्तय गर्न कृषिमा आधारित अर्थतन्त्रलाई उद्योगमा आधारित अर्थतन्त्रमा परिणत गर्नु आवश्यक छ । अब त्यसलाई उद्योग तथा उत्पादको रुपमा विकास गर्दै मुलुकमा रोजगार तथा आर्थिक वृद्धिदरको बाटोमा अघि बढ्नुपर्छ ।’ बस्नेतले भने।

आगामी वर्ष विकाशशिल मुलुकको रुपमा नेपाललाई घोषणा गर्ने सरकारको तयारी गरिरहेको जानकारी गराए। उनले आगामी दिनमा रोजगारीको लागि विदेशमा गएर भन्दा नेपालमा नै बढी आम्दानी गर्ने वातावरण बनाउने योजनाहरु समेत सरकारले व्यवस्थित रुपमा अघि बढाईरहेकोले अष्ट्रेलियामा रहेकन सम्पूर्ण नेपालीहरुलाई नेपालमा आधुनिक कृषि तथा उद्योगमा लगानी गर्न आग्रह गरे । विकशित मुलुकमा रहेको सूचना, प्रविधि र ज्ञानलाई नेपालमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले समानता र अधिकारको बहानामा हुने आन्दोलन समाप्त भएको बताए । उनले अबको यात्रा समृद्ध नेपाल स् सुखी नेपाली निर्माण गर्नु रहेको उल्लेख गरे ।

स्वदेशी तथा विदेशी कम्पनीहरुले दर्ता गरेर खोला तथा खानी जति झोलामा पुर्‍याइसकेको बताउँदै उनले अब कुनै पनि झोलामा रहेको खोला तथा खानीलाई लगानी मैत्री उद्योग, कलकारखाना तथा आर्थिक वृद्धि उच्च बनाउने आधारको रुपमा स्थापित गर्ने बताए। नेपालमा लगानीमैत्री वातवरण बनेको बताउदै उनले उद्योग कलकारखाना डुब्न नदिने ग्यारेन्टी सरकारले लिने बताए। नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामा बंगलादेश पछिको दोस्रो रहेको उल्लेख गर्दै उनले नेपालमा आयात घटेको साथै निर्यात बढेको जानकारी गराउँदै दक्ष युवा क्रम बढेसँगै विदेश जानेको संख्या घटेको रेमिट्यान्स भने बढेको बताए।

प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले नेपालीहरुले आफ्नै देशमा पसिना बगाएर भविष्य निर्धाणर गर्ने वातावरण सिर्जना हुँदै गएकाले विदेशमा सिकेको सीप नेपालमा लगानी गर्नुपर्नेमा जोड दिइन।

समाज रुपान्तरण गर्न कुनै पनि काम सानो वा ठूलो नहुने बताउँदै उनले लगानी गर्नेको सवैलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरिन्। बस्नेतसहितको टोली अष्ट्रेलियामा विकास भएको आधुनिक कृषि प्रणालीको बनरेमा अध्ययन तथा अनुसन्धान गर्न अष्ट्रेलिया पुगेको छ ।

Comments

Top