logo

प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

3 (1)

काठमाडौं : सरकार गठन भएको दुई वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।

शुक्रबार बस्ने प्रतिनिधी सभाको बैठकमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने भएका हुन्। सरकारले दुई वर्षको अवधिमा गरेका काम र आगामी योजनाका सवालमा प्रधानमन्त्रीले जानकारी गराउन थालेका हुन् ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिएका छन् । ओली नेतृत्वको सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण प्रधानमन्त्रीले शुक्रबार नै सम्बोधन गर्न लागेका हुन् ।

केही दिन अघि सभामुख अग्नी सापकोटालाई बधाई दिने क्रममा प्रधानमन्त्री ओलीले केही दिनमा नै सरकारले गरेको कामको फेयरिस्त राख्ने बताएका थिए ।

दुई वर्षकाे अबधिमा सरकाले देशकाे अर्थतन्त्र विकास र `समृद्ध नेपाल सुखी नेपाली´अभियान पूरा गर्न जग बसाल्ने काम गरेकाे बताएकाे छ।

Comments

Top