लिगको अन्तिम खेलमा शेर्पाको सुखद अन्त्य, एनआरटीलाई २–१ ले हरायाे

A-division

काठमाडौं । १० स्थानमा रहदै हिमालयन शेर्पा क्लबले सहिद स्मारक ए डिभिजन लिग टुंग्याएको छ । लिगको अन्तिम खेलमा न्युरोड टिम एनआरटीलाई २–१ ले हराउँदै सुखद अन्त्य गर्न सफल रहयो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी शेर्पासँग पराजित गएसँगै नबौं स्थानमा लिग समाप्त गर्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा न्यूरोड टिमले एक गोलको अग्रता जोगाउन नसकेको भए पनि खेलको ३० औ मिनेटमा राजेश परियारको गोलमा एनआरटीले अग्रता बनाएको थियो ।

खेलको ४१ औं मिनेटमा शेर्पाले खेल बराबरीमा पुगेको थियो । विदेशी खेलाडी स्टेफन समिरले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरे पछि खेल एक एक गोलको बराबरीमा चलिरहेका बेला पहिलो हाफको ईन्जुरी समयमा शेर्पाले अग्रता बनायो । त्रिदेव गुरुङले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरे । दोस्रो हाफमा पनि दुबै टिमले केहि गोलका अवसर पाएको भए पनि सफल हुन नसके पछि शेर्पाले लिगको अन्तिम खेलमा सुखद अन्त्य गर्न सफल भयो ।

Comments

Top