प्रहरी जसले आफैँलाई हाने गोली

goli_hanahan

काठमाडौं : एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन्।

शुक्रबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैंलाई गोली हानेका हुन् ।

प्रहरी जवान चन्द्रकिशोर रायले आफैँलाई पेटमा गोली हानी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ।

घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौं ल्याइएको हो । गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Comments

Top