logo

भ्रमण वर्षमा हाम्रो अभियान : दोस्रो श्रृंखलामा भक्तपुर र दरवार क्षेत्रको महत्व

bhaktapur

काठमाडौं : सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा हामीले मनाई रहेका छौँ । कतिपयले नेपाल निश्चित वर्ष वा समयको लागि भ्रमण वर्ष भनेर तोक्न आवश्यक नरहेको बताउने गरेका छन्। यद्यपि आवश्यक प्रचार-प्रसार र विशेष सुविधा सहित एक पटक विश्वका नागरिकलाई नेपाल ल्याउने अभियान सरकारको हो । एक पटक नेपाल आएको नागरिक अर्को पटक आउ-आउ भन्ने वातवरण तय गर्नु पर्नेहुन्छ ।

सरकारले भ्रमण वर्षलाई लक्षित गर्दै विभिन्न किसिमका कार्यक्रम गरेको छ। पूर्वधार विकासमा लागेको छ । सरसफाई तथा प्रचार-प्रसारमा केन्द्रित रहेको छ। यसै सन्दर्भमा माइ न्युज नेपालले नेपालको तर्फबाट धार्मिक पर्यटकीय स्थल, सांस्कृतिक पहिचान, तथा प्रयावरणीय स्थलहरूको विषयमा विशेष जानकारी गराउने र महत्व झल्काउने अभियान सहित 'भ्रमण वर्षमा हाम्रो अभियान' श्रृङखला चलाएका छौँ ।

हरेक शनिवार हामीले एक पर्यटकीय स्थलका विषयमा हामीसँग भएको हामीले पाएको जानकारी गराउने छौ । www.mynewsnepal.com क्लिक गर्दै गर्नुहोला । यो अंकमा भक्तपुर दरवार क्षेत्रको चर्चा गरेका छौँ ।

 भक्तपुर दरवार क्षेत्र

विश्वसम्पदा सूचिमा नेपालका १० सम्पदा सूचिकृत छन् जसमध्ये काठमाडौं उपत्यामा मात्रै ७ वटा सम्पदा सूचिकृत छन् । यसै मध्यको प्रमुख सम्पदा हो भक्पुर दरवार क्षेत्र । भक्तपुरलाई सम्पदाहरुको सवैभन्दा धनी जिल्लाका रुपमा पनि परिचय गरिएको छ । युनेस्कोले तयार परोको ‘म्याप अफ वल्र्ड हेरिटज’ मा भक्तपुर दरवार र चाँगुनारायण दरवार वरिपरीको क्षेत्र समेत समेटिएको पाइन्छ ।

भक्तपुर दरवार क्षेत्रका मुख्य ७ विशेषता

  1. भक्तपुर दरवार क्षेत्र  खुल्ला संग्राहलयको रूपमा रहेको छ।
  2. वास्तुकला र गौरवमय संस्कृतिले सुसज्जित कला नगरी भक्तपुर दरबार ऐतिहासिक तथा सांस्कृतिक वैभवले संसार प्रसिद्ध बिश्वकै एक उत्कृष्ट नमुनाको रुपमा परिभाषित गरिएको छ ।
  3. प्राचिन कालमा मल्ल राजाहरू वसोवास गर्ने गरेको क्षेत्रमा पर्छ ।
  4. दरवार क्षेत्रमा पचपन्नझ्याले दरवार , भुपतिन्द्र मल्लको सालिक, भगवती मन्दिर, ठूलो घण्टा, तुलजा भवानीको तलेजु मन्दिर, सुनको ढोका आदि प्राचिन तथा ऐतिहासिक दृष्टिकोणवाट  महत्वपूर्ण कला कृतिहरूको अनौठो भण्डार विद्यमान रहेको पाइन्छ ।
  5. पचपन्न झ्याले दरबारमा स्थापना गरिएको सङ्ग्रहालयमा चौधौँ शताब्दी भन्दा अघिका ऐतिहासिक बस्तुहरु अबलोकन गर्न सकिन्छ ।
  6. मल्लकालीन कला सँस्कृति र वरिपरि नेवारी जीवनशैली हेर्न सकिन्छ।
  7. साँस्कृतिक प्राचिन शिल्पकला एवं हस्तकलाको लागि समेत महत्वपूर्ण स्थल रहेको छ। 

भक्तपुर ठूलो पहिचान

भक्तपुर नेपालको सवैभन्दा सानो जिल्ला हो तर नेपालमा मात्रै नभइ विश्वसमाजमा पनि ठूलो पहिचान दिएको छ । लिच्छवी राजा नरेन्द्रदेवलेको पालादेखि नै भक्तपुरलाई ३७५ वर्ष नेपाल मण्डलको राजधानी बनाएको ईतिहास छ । त्यहि समयदेखि नै  भक्तपुरमा विभिन्न प्रकारका सम्पदाहरुको निर्माण हुन थालेको बताइन्छ । भक्तपुरमा राजमान सिंहले १८४४ मा सिसाकलमले बनाएको बसन्तपुर दरवारलाई अर्थात अहिले ५५ झ्याले दरवार यहाँको सवैभन्दा महत्वपूर्ण, धार्मिक र ऐतिहासिक दरवार हो ।

Bhaktapur_Dubar_Square-IMG_3757-Pano

भक्तपुरको दरबार स्क्वायर, पाँचतले मन्दिर र दत्तात्रय मन्दिर आसपास दिनहुँ हजार भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन् ।  भक्तपुर दरवार क्षेत्रमा रहेका मौलिक कला, सँस्कृतिको विशेष अवलोकसँगै अनुसन्धान गरिरहेको पाइन्छ ।  कलात्मक रुपमा कुदीएका विभिन्न आकारका चित्रहरुले जो कोहीको मन लोभ्याउने गरेको छ । भक्तपुरलाई सम्पदाको खुल्ला संग्रहालय उपनामले पनि चिनिने गरिएको छ । काठमा कुँदिने बुट्टाले भक्तपुरलाई सिंगो काष्टकलाको रूपमा चिनाएको छ ।

भक्तपुरमा डोलेश्वर, पाथिभरा मन्दिर, सन्तानेश्वर महादेव, घ्याम्पेडाडा लगायतका सांस्कृतिक तथा पर्यटकीयस्थलहरू रहेका छन् । ती सम्पदाको विषयमा आगामी अंकहरुमा चर्चा गर्ने छौँ ।

 1280px-Earthquake_Nepal_2015_B_S_2072_07

55_windows_palace

Bhaktapur_Durbar_Square_Premises_2016_(77)

800px-Earthquake_Nepal_2015_B_S_2072_26

Bhaktapur_Dubar_Square-IMG_3500

तस्विरहरू विकिपिडीयाको सहयोगमा

 

Comments

Top