logo

'रन फर फन' दौडमा गण्डकी प्रदेशका मुख्यमन्त्री पनि

86269110_591640545024647_8868052733941252096_n

काठमाडौं : १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन ‘रन फर फन’ गण्डकी प्रदेशको पोखरमा सुरु भएको छ। शनिबार भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा गरेको म्याराथनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दौडेका छन् ।

रन फर फन विद्यामा मुख्यमन्त्री गुरुङसहित प्रदेश सांसदहरु राजीव पहारी, दिपक कोइराला,मोहन रेग्मी , कृष्ण थापा र महानगर प्रमुख मानबहादुर जिसी सहभागी भएका थिए । मुख्यमन्त्रीसहित रन फर फनमा सहभागी सबैले ५ किलोमिटर दौडिएका छन् ।

कार्यक्रममा सहभागि मुख्यमन्त्री गुरुङले आफू शान्तिको सन्देश प्रवाह गर्नको लागी रन फर फन विद्यामा दौडिएको जनाए । प्रदेशसभा सदस्य तथा नेकपाका युवा नेता राजीव पहारीले खेलले नागरिकलाई स्वस्थ र स्वस्च्छ बनाउने बताए । उनले पोखरालाई खेलकुदको हवको रुपमा विकास गरिदै लगेको समेत बताए।

१३ विभिन्न देशका २१ जना विदेशी धावकहरु पनि दौडिएका छन् । प्रतियोगिता खुल्ला तर्फको विजेता धावकलाई मेडल सहित २ लाख प्रदान गरिने छ ।

त्यस्तै द्धित्तिय बन्ने धावकले मेडल सहित १ लाख प्राप्त गर्नेछन् भने तृतीय र सान्त्वना हुने धावकले क्रमश मेडल सहित ७५ हजार र १५ हजारको हकदबार बन्नेछन् ।म्याराथनको विभिन्न विद्यामा गरि करिब ७ हजार सहभागी भएका छन् ।

Comments

Top