कोरना नभएको पुष्टिपछि वुहानबाट ल्याइयो १७५ जना नेपाली

FB_IMG_1581825909041

काठमाडौं : चीनको वुहान शहरबाट एक सय ७५ जना नेपालीलाई सरकारले स्वदेश ल्याएको छ। कोरना नभएको पुष्टिसँगै बिहान ३:२२ मा ल्याइएका उनीहरूलाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा राखिएकोछ।

विशेष व्यवस्था गरेर एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राख्ने व्यवस्था सरकारलु गरेको थियो।

उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीमा पुर्‍याएका थिए ।

नेपाल आउन आवेदन दिएका एक सय ८५ मध्ये ६ जनाको स्वास्थ्यमा सामान्य समस्या आएपछि उनीहरु चीनमै रोकिएका छन् भने चार जनाले नेपाल फर्कन अस्वीकार गरेका चीनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

१७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन् । वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको थियो उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक तापक्रमसहित अरु स्वास्थ्य परीक्षण गरिएको थियो ।

त्यसक्रममा ६ जनामा उच्च ज्वरो देखिएपछि उतै रोकिएका हुन्। नेपाल आइपुगेका एक सय ७५ जनाको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर केही समस्या नदेखिएका व्यक्तिलाई मात्र भक्तपुरको खरिपाटीमा राखिएको छ ।

Comments

Top