कानुन मन्त्रीमा तुम्बाहाङ्फे

shivamaya_tumpahangphe_uMJBbdhuaH_1

काठमाडौं : उपसभामुखबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् ।

तुम्बाहाङ्फेले दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने कार्यतालिका बनेको छ । उपेन्द्र यादवकोदराजीनामापछि रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

तुम्बाहाङ्फेले कानुन मन्त्रालयको जिम्मेवारी लिएसँग ढकालले स्वास्थ्य मन्त्रालयको मात्रै जिम्मेवारी लिनेछन्।

संघीय समाजवादी सत्ताबाट बाहिरएसँगै खाली भएको शहरी विकास मन्त्रालयको जिम्मेवारी भने सञ्चारमन्त्री गोकुल बास्कोटाले सम्हालेका छन्। बर्तमान सरकारगठन पछि सोमबार पाचौँपटक मन्त्रिपरिषद् विस्तार भएको हो।

Comments

Top