महेश बस्नेतको सक्रियता र हनुमन्ते करिडोर निर्माणको काम (भिडियो रिपोर्ट)

 

काठमाडौं : पूर्व उद्योग मन्त्री तथा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेतको सक्रियतामा सुरु गरिएको हनुमन्ते करिडोर निर्माणको काम रफ्तारका साथ अघि बढेको छ।

 ११ मंसिर २०७५ मा सांसद बस्नेतबाट नै शिलन्यास भएको यो आयोजनलाई उनले निकै प्राथमिकताका साथ अघि बढाएका छन् । हनुमन्ते करिडोरलाई भक्तपुर विकासको लाइफ लाइन योजनाका रुपमा राखेका सांसद बस्नेतले हनुमन्ते करिडोर निर्माणले भक्तपुरको विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने भन्दै समयमा काम गर्नको लागि निरन्तर ताकेता गर्दै आएका छन् र देखिदै आएको पनि छ त्यसको फल ।

 ‘विकासमा ऐक्यबद्धता र राजनीतिमा प्रतिस्पर्धा’ बस्नेतको राजनीतिक संस्कार हो । राजनीतिक सक्रियताको महत्वपूर्ण पाटो पनि । त्यसैको कारणा राजनीतिक रुपमा पक्ष विपक्ष सबैको साथ लिएर काम अघि बढाउन सकेका छन् सांसद बस्नेतले । अप्रत्यक्ष रुपमा गरिने राजनीतिक अवरोधका कारण दुई किलोमिटर बाटो खन्नको लागि दुई वर्ष लागेका प्रयाप्त उदाहरणका बीच उनले भने विकास विरोधीलाई पाखा लगाउदै जनताको साथ लिएर अघि बढेको पाइन्छ ।

११ मंसिर २०७५ शिलन्यास भएको करिडोरको करिब १४ महिनाको अवधिमा प्याकेज एक अन्तर्गत ७५ प्रतिशत काम सकिएको छ । करिडोरको पहिलो प्याकेज भक्तपुरको गठ्ठाघर देखि माथी २८ सय मिटर पुर्‍याइएको छ ।

बस्नेतको अगुवाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिमार्फत बाग्मती नदीलाई केन्द्र बनाएर अन्य सहायक नदिसमेतमा करिडोर निर्माण अघि बढाइएको थियो । पहिलो प्याकेज निर्माण २०७५ असार २७ गतेबाट पिएस, गोल्ड समान्तर कन्ट्रक्कसनले दुई बर्षभित्र सम्पन्न गर्ने गरी जिम्मा लिएको हो । यसको लागत ६९ करोड ७० लाख १८ हजार रहेको छ । राधेराधे देखि सल्लाघारीसम्म १२ सय मिटरको काम भइरहेको छ । खोलाको किनाराबाट दुबै तर्फ १८ मिटरको पर्खाल, करिडोर, सडकलगायतका काम भइरहेको छ ।

हनुमन्ते करिडोर दोस्रो प्याकेजको काम समय दुई महिना अगाडीबाट शुरु भएको थियो । गठ्ठाघर देखि बालकोटसम्मको १२ सय मिटर करिडोर निर्माणको जिम्मा लामा समान्तर कन्स्ट्रक्कसन प्रालीले लिएको छ । बस्नेतले काम ढिलाई गर्नेलाई कारवाही र काम छिटो र गुणस्तरीय गर्नेलाई भक्तपुरमा विशेष सम्मान भन्दै प्रेरणा र चेतावनी दिदै आएको अवस्थामा धेरै ठाउँमा यो सुत्रले काम गरेको छ ।

 दुई बर्षमा सकिने दोस्रो खण्ड निर्माण सम्झौता भने ५६ करोड ७० लाख ३७ हजारमा भएको छ । दुई महिनामा करिव १० प्रतिशत मात्र काम भएको पूरा भएको छ ।

तेस्रो प्याकेजको काम लोकन्थली देखि २५ सय ८८ मिटर तल निर्धारण गरिएको छ । खोलाको किनाराबाट १८ मिटर निर्धारण गरी करिडोरको काम अगाडी बढेको छ । तेस्रो प्याकेजमा पनि खोला किनारा वरिपरि पर्खाल, सडक र ढलको पाइप बिछ्रयाउने काम तिब्र गतिमा अघि बढेको छ । यो प्याकेज अहिलेसम्म ७ प्रतिशतमात्र सम्पन्न भइसकेको छ ।

सांसद बस्नेतले हनुमन्ते खोलाको चौडाइ साँघुरिँदै गएकाले सो क्षेत्रको खोलाको चौडाइ फराकिलो बनाइ करिडोर निर्माणकार्य तत्काल आवश्यतका परेको भन्दै आर्थिक वर्ष २०७५र७६ को बजेटमा आवश्यक बजेको व्यवस्था गरेका थिए । भक्तपुरका चारवटै नगरपालिका चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि क्षेत्र भएर बग्ने हनुमन्ते नदीको कूल लम्बाइ नौ किमि छ । त्यसपछि यो नदी बागमतीमा मिसिन्छ ।

केहीसाता अघि करोडोरको अवलोकन गर्नका गएका सांसदहरूले जनप्रतिनिधीको सक्रियाता हुदा काम प्रभावकारी हुन सक्ने देखिएको प्रतिक्रिया दिएका थिए । प्रतिनिधीसभा अन्तर्गतको विकास तथा प्रविधी समितिका सदस्यहरूलाई सांसद बस्नेतले करिडोर अरनिको राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोगमा आउने बताउँदै करिडोरसँग जोड्न रिङ रोडसमेत तीव्र गतिकासाथ काम बढाएर एक साथ विकास गर्नु पर्ने धारणा दिएका थिए ।

करिडोरको दायाँबाँया २०–२० मिटरको सडक भए पनि ११–११ मिटर सडक र बाँकी ९–९ मिटरमा हरियाली बनाउने लक्ष्यका साथ काम अघि बढाइएको विषयमा उनले जनाकारी गराएका थिए। अनुगमनका गएका सांसदहरूले पनि विकासमा काम निरन्तर यसरीनै खटिन उत्प्रेणा दिए ।

सहजै विकासलाई अघि बढाउन भने चुनौति नै छ । तर जनतालाई समयमा बुझाउन सकियो भने विकास विरोधीलाई जनतालेनै रोक्ने बस्नेतको बुझाइ छ । विगतमा हनुमन्ते करिडोरको विकासमा मुआव्जा नआउने भन्दै कतिपय दुविधा हरु नबाडिएको हैन । तर बस्नेतले जनताको बिचमा गएर हनुमन्ते करिडोर निर्माणमा जग्गा धनी कसैलाई पनि नोक्सान नपर्ने गरि हनुमन्ते जग्गा एकिकरण माफर्त सबैलाई क्षतिपूर्ति दिईने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले  करिडोरको विरुद्धमा जनता भड्काउने र अदालतमा मुद्धा हालेर विकास बिथोल्नेलाई जनताले सजायँ दिने चेतावनी समेत दिदै आएका छन् । 

Comments

Top