काम नगर्ने ठेकेदारप्रति सरकार आक्रमक : तीन दर्जन निर्माण कम्पनी कालोसूचीमा

website_1558848291

काठमाडौं : समृद्ध नेपाल सुखी नेपालीको अभियान सहित जनताको आकांक्षा पूरा गर्ने प्रतिवद्धता जनाएको वर्तमान सरकार काम नगर्ने निर्माण कम्पनी प्रति आक्रम देखिएको छ।

चालु आर्थिक वर्षमा मात्रै करिब तीन दर्जन निमार्ण कम्पनीलाई कालोसूचीमा राखेको छ। समयमा र गुणस्तरीय काम नगर्ने यस्ता कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो ।

सोमबार मात्रै विकास निर्माणको ठेक्का सकारी अलपत्र पार्ने विभिन्न ६ वटा ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।  निर्माण क्षेत्रमा बदमानी कमाएको पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदारलाई कालोसूचीमा राखेको हो।  कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुहरुमा पप्पु कन्स्ट्रक्सन सहित अशोक न्यासुरको रहेको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबीकेसी निर्माण सेवा रहेका छन्। 

पूर्वसांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनलाई सबैभन्दा बढी ३ बर्षसम्मका लागि कालोसूचीमा राखिदिएको छ। पप्पुलाई कालोसूचीमा राख्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सिफारिस गरेको थियो।  पप्पु बाहेकका बाँकी ठेकेदार कम्पनीहरुलाई पनि कार्यालयले एक–एक वर्षका लागि कालोसूचीमा राखिदिएको छ। कालोसूचीमा राखिएको अवधिभर यी ठेकेदार कम्पनीहरुले सार्वजनिक निकायले अघि बढाउने कुनै पनि खरिद प्रकृयामा सहभागी जनाउन पाउने छैनन्।

यस अघि १० मंसिर होराइजन विल्डर्स, श्रीकृष्ण कन्स्ट्रक्सन, त्यागी निर्माण सेवा र अम श्री अम इण्टर प्राइजेजलाई कालोसूचीमा राखिएको जनाएको छ। यी चार कम्पनीले नै एक वर्ष कुनै पनि काम लिन पाउने छैनन। असोज ३ गते ६ वटा कम्पनी, भदौ १९ गते ४ वटा कम्पनी, साउन २८ गते एउटा, साउन १२ गते ४ वटा र   र साउन ४ गते ४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कामन नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेर अन्य कम्पनीलाई सेचत गराइए पनि कार्यप्रगति भने राम्रो देखिएको छैन।

Comments

Top