विद्युत प्राधिकरण रुढीवादी भएको सांसद बस्नेतको गुनासो, पोल सार्ने जिम्मा स्थानीय तहलाई दिन आग्रह (भिडियो)

 

काठमाडौं : पूर्व उद्योग मन्त्री तथा प्रतिनिधीसभा सदस्य महेश बस्नेतले ऊर्जा मन्त्रालयल अन्तर्गतको विद्युत प्राधिकरण रुढीवादी भएको बताएका छन्। उनले मंगलबार सदमा ऊर्जा जलस्रोत तथा सिचाईं मन्त्री वर्षमानपुनसँगको प्रशनोत्तर कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन्। पोल सार्नको लागि समेत विद्युत प्रधिकरणको कार्यकारी निर्देशको स्वीकृति लिनु पर्ने गलत प्रवृत्ती बसालिएको उनको भनाई छ ।

उनले पोल सार्ने काम स्थानीय तहबाट गरिदा २० हजारमा सकिने भएपनि प्राधिकरणले दुई लाख सक्ने गरेको भन्दै स्थानीय तहलाई नै जिम्मेवारी दिन आग्रह गरे । साथै उनले सरकारले विद्युत तारहरु भूमिगत गरेकोमा खुसी व्यक्त गरेका छन्। भिडियो

 

Comments

Top