‘सेन्टी भाइरस’ काे लिरिकल भिडियो गीत सार्वजनिक (भिडियो सहित)

79379926_542563959660755_737804634751500288_n
काठमाडौं । निर्देशक रामबाबु गुरुङ द्धारा निर्देशित चलचित्र ‘सेन्टी भाइरस’ को लिरिकल भिडियो गीत सार्वजनिक भएको छ ।

सुशान्त गौतमको गायन र संगीत रहेको ‘ए नि लै’ बोलको गीत सार्वजनिक भएको हो । हर्क साउदले शब्द भरेको उक्त गीतले चलचित्रमा रहेका पात्रको पीडा देखाउछ । चलचित्रमा कथावाचनको रुपमा यो गीतलाई प्रयोग गरिएको निर्देशक गुरुङले बताए ।

श्रीमान्–श्रीमति दुई फरक पार्टीमा लाग्दा परिवार भित्र उत्पन्न हुने झगडामा आधारित ‘सेन्टी भाइरस’ चलचित्रको ट्रेलर र ‘फनफनी’ बोलको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको छ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ चलचित्रको मुख्य भूमिकामा रहेका छन् ।

चलचित्रमा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा।लीको ब्यानरमा निर्मित चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।

यही शुक्रवारबाट प्रदर्शनमा आउने ‘सेन्टी भाइरस’ को बुधवारबाट मल्टीप्लेक्समा एडभान्स बुकिङ खुल्ला भैसकेको छ ।

 

Comments

Top