आदर्श आजादका उत्कृष्ट विद्यार्थी पुरस्कृत

Narayan Man
भक्तपुर ।
भक्तपुरको भेलेखुलेस्थित आदर्श आजाद माविको ६० औं र आदर्श आजाद कलेजको ११ औ वार्षिकोत्सव विहीबार सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छको प्रमुख आतिथ्यतामा सम्मपन्न कार्यक्रममा स्कुल र कलेज दुवैका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।
।कार्यक्रममा कक्षागत तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका हुन् ।
पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै विजुक्छेले शिक्षालाई श्रमसँंग जोडेनुपर्नेमा बताए । शिक्षालाई श्रमसँंग जोड्न नसक्दा नेपालको शिक्षा काम नलाग्ने भएको उनले बताए ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धब सुजखू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवाँं, विद्यालय कलेजका प्राचार्य श्रीकृष्ण किसी, ख्वप कलेज अफ इन्जिनियरिंगका प्राचार्य ईन्जिनियर सुजन दुवाल, बासु मावि कलेजकी प्राचार्य अम्विका न्याइच्वाईलगायतले पनि आ आफनो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित