राष्ट्र कवि र शताब्दी पुरुषले गरे प्रधानमन्त्रीको भिजन टु एक्सन सार्वजनिक

IMG_20200222_161414

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ ।

नेकपा अध्यक्षसमेत रहेका ओलीको ६९औं जन्मदिनको अवसर पारेर ओलीले पुस्तक ल्याएका हुन्, जसलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा ओलीका बुवाले मञ्चमा उक्लिएर पुस्तकको पाना पल्टाएपछि जन्मदिनको शुभकामना देखिएको ब्यानर सार्वजनिक गरिएको हो ।

पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयाशहरु समेटिएको छ । २४० पृष्ठ रहेको पुस्तकमा प्रधानमन्त्री ओलीका सम्बोधनहरु पनि संग्रहित छन् ।

Comments

Top