प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने ६ जना पक्राउ

KP-Sharma-Oli-1-739x430

कास्की । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार नेपाल कम्युनिस्ट पार्टी को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आएका ओलीलाई समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र काँग्रेस निकट नेविसंघका कार्यकर्ताले कालोझण्डा देखाउन खोजेका थिए ।

उनीहरुले पोखरास्थित जनप्रिय क्याम्पस नजिकै नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोजेपछि समाजवदीका विद्यार्थी युनियनका विशाल तिमिल्सिना, नेत्र चापागाईं लगायत ४ जना रहेका छन् ।


साथै नेविसंघ निकट भीरध्वज जङ्ग पौडेल (जिएमसी उपाध्यक्ष) र असिम पौडेल पनि पक्राउ परेका छन् ।

Comments

Top