एउटै मञ्चमा नेकपा शीर्ष नेता , पार्टीको एकता कसैले भत्काउन सक्दैन : नेपाल

CPN_Leaders_LIPhWBwqf1

काठमाडौं : राष्ट्रपतिबाट मनोनित गर्ने राष्ट्रिय सभाको सदस्यका विषयलाई लिएर तिक्तता बढेको नेकपा भित्र शीर्ष नेताहरु एकै ठाउमा उपस्थित हुँदा कार्यकर्ता भने खुसी भएका छन् । बुधबार काठमाडौंमा पार्टीको बाग्मती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल एकसाथ उपस्थित भएका छन् ।

पार्टीभित्रको विवादले बढेको चौतर्फि चर्चाको बीच पूर्वनिर्धारित कार्यक्रममा शीर्ष नेताहरू भेला भएका हुन् । वरिष्ठ नेता माधव नेपालले नेकपाको एकता कसैले तोड्न नसक्ने बताएका छन् । कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेपालले ७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने दावी गरे।

पार्टी एकतामा भइरहेको ढिलाइलाई धेरै पर धकेल्न नहुने नेपाकलो भनाई छ । राष्ट्रिय सभा सदस्य छनौटलाई लिएर नेकपामा समस्या देखिउको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू माधव नेपाल र झलनाथ खनालले बामदेव गौतमलाई अघि सारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित