दैलेखमा पेट्रोल : उत्साहाजनक संकेत, पेट्रोल भएको पुष्टि

download

 

काठमाडौं : पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा कर्णाली प्रदेशको दैलेखमा पेट्रोलियम पदार्थ र ग्यास भएको पुष्टि भएको छ।

यो पुष्टिले केपी शर्मा ओली पहलोपटक प्रधानमन्त्री जजतालाई दिएको अपेक्षा पूरा हुने भएको छ । उनले पाइपलाइनबाट ग्यास पुर्‍याइने बताएका थिए। दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सम्पन्न भएको छ । अन्वेषणका लागि खनिएका तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशाका १० वटा लाइनमा सेस्मिक सर्भे सम्पन्न भएको हो । सर्भेमा भेटिनु भएका खानी तथा भूगर्भ विभागका अनुसार पेट्रोलियम पदार्थ अन्वेषणका लागि खनिएका १० वटा लाइनमा बुधवार काम सम्पन्न भएको हो ।

दैलेख जिल्लाको मुख्य तया दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई बिशेष केन्द्रित र चामुण्डा बिन्द्रासैनी नगरपालिका, डुगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकालाई केही भूभाग समेटेर १० वटा सेस्मिक लाईनहरूमा जम्मा २०० लाइन किमी सर्भेका लागि चार सय बर्ग किमी भूभाग समेटेर सर्भे गरिएको थियो ।

चिनियाँ प्राबिधिक टोलीले संकलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राबिधिक टोलीले जनाएको छ। अन्वेषणका लागि तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका १० वटा सेस्मिक लाइनहरुमा सर्भे कार्य सकिएको र अव चिनियाँ प्राबिधिक टोली ची फर्कने र त्यसको नतिजा आउनासाथ मुख्य काम सुरु गर्ने बताए ।

अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक बिश्लेषण अन्तर्गत भण्डारको आकार, प्रकार आयातन, ब्यापारिक रुपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको बिश्लेषण गरी प्रमाणित भण्डार ब्यपारिक प्रयोजनको लागि उपयुक्त छ वा छैन त्यसको निष्र्कष निकालिने बताइएको छ ।

अन्वेषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ गरी महत्वपूर्ण मानिएको सिस्मिक सर्भभे हो । यो कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरु जमिनको सतहमुनिको धेरै गहिराई सम्म पठाइएको थियो । पहिलो चरणको काम सकिएपछि अव चिनियाँ प्राबिधिक टोली चाइना फर्केर त्यसको बिश्लेषण गर्ने र पेट्रोलियम पदार्थको अन्ेबषणका लागि मुख्य ड्रिलिङ कुन स्थानबाट गर्ने भन्ने पत्ता लगाउन बित्तिकै टोली पुनः दैलेखमा फर्किने बताइएको छ ।

Comments

Top