प्रधानमन्त्रीको भिडियो सन्देश : थप ऊर्जा र आत्मविश्‍वास लिएर फर्कनेछु (भिडियो)

IMG_20200302_183600

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल भर्ना हुनुअघि देशवासीका नाममा भिडियो सन्देश दिनु भएको छ ।  सन्देश मार्फत प्रधानमन्त्रीले थप ऊर्जा र आत्मविश्‍वास लिएर फर्कने भएको भन्दै जनतलाई चिन्ता नगर्नको लागि आग्रह गर्नु भएको छ ।

 
उहाँले आफू मिर्गौला प्रत्यारोपण गरेर चाँडै स्वस्थ भएर नियमित काममा फर्कने विश्‍वास व्यक्त गर्नु भएको छ ।। उहाँले भन्नुभएको छ- 'विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन। यसपटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रूपमा सजिलो हुने मैले विश्वास लिएको छु।त्यसमाथि आफ्नै देशका अनुभवी चिकित्सकहरूद्धारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु।

ओलीले आफ्नो सिंगो जीवन संघर्षमै बितेको स्मरण गराउनु भएको छ । 'आजभन्दा झण्डै १२ वर्ष अघि मेरा दुबै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ। त्यतिबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन। आगामी फागुन २१ गते बुधबार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदैछु। त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्मा भर्ना हुँदैछु।'

Comments

Top