‘नख्खु जेल ब्रेकर’ पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु

Jail Breaker
भद्रपुर।
तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिनुभएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।

पारिवारिक अनुुसार ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई झापाको मेचीनगर–१३ दुहागढी घर हुनुभएका उहाँले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहनुभएको थियो । तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिनुभएका उहाँ त्यसपछि सम्पर्कविहीन हुनुहुन्थ्यो ।

झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोग्नुभएको उहाँको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ । विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा ९माओवादी०का तर्फबाट सभासद् निर्वाचित हुनुभएको थियो ।
पत्नी, एक छोरा र दुई छोरी सहित झापा बस्दै आउनु भएका एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा पर्नुभएको र घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीलेजानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित