अर्थमन्त्रीको राजीनामा आज, नियुक्ति भोलि

yuwaraj

काठमाडौं : राष्ट्रियसभाको कार्यकाल सकिएसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका डा‍‍‍‍. युवराज खतिवडाले भोलि पुन: अर्थमन्त्रीमा नियुक्ति पाउने हुनुभएको छ ।

राष्ट्रियसभाको कार्यकाल सकिएसँगै खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राजीनामा बुझाउनु भएको हो । उहाँको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरिसक्नु भएको छ । प्रधानमन्त्री कार्यालयलेको स्रोत भन्छ भन्यो भोलि नै राष्ट्रपतिबाट पुन मन्त्रीका रूपमा शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति कार्यालयमा बुधबार बिहान शपथको तयारी छ ।

अर्थमन्त्री खतिवडा १४ फागुन २०७४ मा अर्थमन्त्रीको नियुक्ति पाउनु भएको थियो । उहाँ दोस्रो पटकका लागि २१ फागुन २०७६ बाट कार्यभार सम्हाल्दै हुनुहुन्छ ।

Comments

Top