देश-विदेशबाट प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना, यसरी गरिएको छ व्यवस्था

IMG_20200302_183600काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको सन्देश देश-विदेशका आम नागरिकले पठाएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्चपदस्थ देखि आम सर्वसाधरणले पनि गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेर नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको माइतीघर मण्डलामा मैनबत्ती बालेको छ ।

प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण हुँदैछ । त्यसका लागि सोमबार बेलुकादेखि नै प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भएका छन् ।

समुन्द्र तिमल्सिनाले लेखेका छन् ' १४ वर्ष लामो गोल घरको कष्टकर जेल जीवन व्यतीत गर्नु भएका संघर्षपूर्ण राजनीतिक यात्रा बाट स्थापित सम्माननिय, प्रधानमन्त्री केपी ओलीज्युको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने शुभकामना व्यक्त गर्छु ।'

भीमबहादुर बोहोराले लेखेका छन् सतिसालका मुर्छित सपनालाई मुर्तरुप तुल्याउन तल्लीन धर्तीपुत्र सम्माननिय प्रधानमन्त्री ज्यू तपाईंको शिघ्रस्वास्थ्यलाभ र मृगौला सफल प्रत्यारोपणको हार्दिक मङ्गलमय शुभकामना ।

सरोज पोखरेल लेखेका छन् 'प्रधानमन्त्री कमरेड ओली ज्यू, सफल अप्रेसन र उपचारका लागि शुभकामना! वर्तमान अवस्थामा तपाईँको आवश्यकता मुलुकलाई अँझ धेरैछ। तपाईं सकुशल र अँझ बढि ऊर्जा लिएर अस्पतालबाट फर्कनु हुनेछ भन्ने विश्वास छ।'

के तपाई पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुहुन्छ। यहाँ क्लिक गर्नुस

 

 

Comments

Top