भारतमा कोरोनाको संक्रमण बढेपछि, प्रधानमन्त्री मोदीले होली कार्यक्रममा सहभागी नहुने 

download_3

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले होलीमा सहभागी नहुने निर्णय गरेका छन् ।

मादीले टवीट गर्दै कोरोना भाइरसको संक्रमण भारतमा पनि फैलिन थालेपछि यस वर्षका कुनै पनि होलीका कार्यक्रममा सहभागी नहुने कुरा बताएका छन् । डक्टरहरुको टोलीले कोरोना भाइरसबाट बच्न यो सल्लाह दिएपछि उनि सो निर्णय दिएको जनाएका छन् । भारतमा बुधबारसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको र संक्रमण भएको आशंकामा ७० जनालाई निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जानकारी दिएका छन् ।

modi_lOR9cNajGK

भारतमा सबैभन्दा पहिले केरलामा ३ जनामा संक्रमित देखिएको थियो । यी तिनै जना अहिले उपचारपछि घर फर्किएका छन् । त्यसपछि आगरामा ६ जनामा संक्रमित भएको पाइएपछि उनीहरुलाई दिल्लीस्थित सफरदंग अस्पतालमा भर्ना गरिएको छ ।

त्यस्तै जयपुरमा इटलीका ६९ वर्षीया नागरिक एन्ड्री कार्लीलाई संक्रमित भएको पाइएको थियो । उनलाई ४ दिनपछि अस्पताल भर्ना गरिएको थियो । उनी लगायत २३ इटालियनलाई पनि दूतावासले निगरानीमा राखिएको जनाइएको छ ।

सम्भावित खतरालाई मध्यनजर गर्दैै दिल्ली सरकारले ३.५ लाख एन–९५ मास्कको व्यवस्था गरेको छ ।

Comments

Top