कान्छा शेर्पामाथि बनेको फिल्म "कान्छा शेर्पा"को प्रिमियर सम्पन्न

Film premier
काठमाडौँ ।
प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका नाती कान्छा शेर्पामाथि बनेको फिल्म ‘कान्छा शेर्पा’लाई बुधबार काठमाडौँको क्यूएफएक्स छायाँ सेन्टरमा प्रिमियर गरिएको छ ।

फिनिस निर्देशक मर्टेन साङ्पो बोरिक निर्माता एवं निर्देशक रहेको चलचित्रको प्रिमियर गरिएको हो । सन् १९५३ मा सगरमाथा आरोहण भएपछिका अनुभव र सम्झनालाई नोर्गेका नाती कान्छा र अर्का आरोही एड्मन्ड हिलारीका नाती पिटरले सविस्तार वर्णन गरेका छन् ।

फिल्म नेपालमा व्यवसायिक प्रदर्शनका लागि तयारी भैरहेको र यसले नेपालको पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ । निर्देशकले कान्छामार्फत शेर्पाको संघर्ष र जीवनलाई चित्रण गर्ने प्रयत्न गरेका छन् ।
उक्त प्रिमियर सोमा पर्यटन व्यवसायी कर्ण शाक्य, नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष लाक्पुटि शेर्पा ,अभिनेता सन्जय खतिवडा लागायत विभित्र क्षेत्रका विशिष्ट व्यक्तिहरुकोउपस्थिति रहेको थियो ।

Comments

Top