नेकपाको कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव

IMG_20200306_083306

काठमाडौं । सत्तारूढ नेकपाको कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव पेश गर्दै छ । संसद बैठकमा आज कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउने विषयमा संकल्प प्रस्ताव पनि पेश हुनेछ ।

सत्तारुढ नेकपाकै सांसद खगराज अधिकारीले पेश गर्ने प्रस्तावमा नेकपाकै सांसद रामकुमारी झाँक्रीले समर्थन गर्नेछिन।  भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि बसेको सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी सरकारलाई निर्देशन गरेकाले कुटनीति र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न प्रस्ताव दर्ता गरिएको हो। 

विहान ११ बजे बस्ने बैठकमा केही विधेयकहरु पनि पेश हु्नेछन्। संघ, प्रदेश र स्थानीय तह ९अन्तरसम्बन्ध व्यवस्थापन० विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयकलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइनेछ। 

Comments

Top