यसकारण गरियो सरकारको जय-जयकार (महेश बस्नेतको विचार)

maheshbaasnet

कोरोनाको सन्दर्भमा सार्वजनिक महत्वको प्रस्ताव आएको छ । गगन थापालाई धन्यवाद र उहाँको सार्वजनिक जरुरी महत्वको प्रस्तावलाई पूर्ण समर्थन छ ।
यस विषयमा केही कुरा राख्न आवश्यक छ । प्रधानमन्त्री दोस्रो पटक मिर्गौला प्रत्यारोपणको उपचार गराइरहनु भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १९ गते उपचार गराउन जाने बेलामा २ वटा राम्रो सन्देस दिएर जानु भयो भन्ने लाग्छ । बिश्वनै कोरोना भाइरसका कारण आतंकित भइरहेको र भाइरसको स्रोत मुलुकसँगै सिमाना जोडिएका देश भएका कारण उच्च जोखिमको अनुमान गर्दै क्याविनेट बैठक बसेर कोरोना भाइरको संक्रमणलाई नेपाल आउन नदिनको निमित्त नेपाल सरकार निकै गम्भिर छ भन्ने सन्देश दिनु भयो । उपप्रधानमन्त्रीको नेतृत्वमा विशेष टिम बनाइदिनु भयो ।

त्यसपछि भ्रण वर्ष २०२० प्रचारात्मक हरेक कार्यक्रमलाई स्थगित गर्नु भयो सँगै सगरमाथा राष्ट्रिय संवाद जस्तो बृहत महत्वपुर्ण कार्यक्रम पनि उहाँले स्थगित गराउनु भयो । देशभरी नै नेपालमा नदेखिएको कोरोना भाइरसका सवालमा जुन आतंकित हुने खालका सूचना प्रवाह भइरका थिए त्यसलाई नियन्त्रण गर्नको लागि सार्वजनिक सभा सम्मेलन नगर्ने, भोज भतेर नगर्ने र जानै पर्ने भए काममा बाहेक देश विदेशको भ्रमणलाई पनि नियन्त्रण गर्ने सूचना नेपाल सरकारले जारी गर्यो।

देशभरीको अस्पतालहरूमा आइसोलेसन वार्डको व्यवस्था गर्ने र कोरोना भाइरसको संक्रमणलाई सावधानी पूर्वक नियन्त्रण गर्न भाइरस संक्रमण भएका मुलुकबाट नेपालमा भ्रमण गर्नको लागि भिसा नदिने खालका महत्वपूर्ण निर्णय गरेर उहाँ उपचारमा जानुभयो । त्यसले निश्चित रुपमा नेपाली जनताको बीचमा सकरात्मक सन्देश पुगेको छ ।

कोरोना भाइरसको प्रकोप २०१९ को डिसेम्वरबाट चाइनाको वुहान शहरबाट सुरु भयो । अहिले संसारभर फैलिरहेको छ । चाइनाले मार्चको अन्तिम सम्ममा पूर्ण नियन्त्रण गर्छु भनेको छ । नेपाल सरकारले अर्को महत्वपूर्ण काम प्रधानमन्त्री ज्यू भर्ना भएकै दिन १७५ जना वुहानबाट आएका नेपालीहरुलाई क्वारेनटाइनमा राखेर विदाई गरिएको थियो ।

उनीहरु सबैले नेपाल सरकारको जय जय भनेर नारा लगाउदै हर्ष उल्लास मनाएका थिए । यस मानेमा पनि नेपाल सरकारले कारोना भाइरसलाई गम्भिरताक साथ ध्यान पुर्‍याएको छ भन्ने देखिन्छ । अहिले भारतमा ३२ जनामा संक्रमण देखिएको छ ।

भारतले २६ वटा औषधिलाई निर्यात रोकेको छ । यो कुराले नेपालमा एक खालको संत्रास फैलिएको छ । यो कुराले बिभिन्न दैनिक उपभाग्य सामानहरु पनि सटेज गराउने खालको प्रवृत्ति देखिएको छ । यसलाई रोक्नको लागि ११३७ नम्वरमा फोन गर्नुस तुरुन्त रोक्छौ भनेर आपूर्ति मन्त्रालयले सूचना जारी समेत गरेको छ ।

म उद्योग वाणिज्य महासंघ र उद्योगीहरूलाई सबैलाई सहज गराउनको लागि अनुरोध गर्न चाहान्छु । भारत सरकारको पनि नेपालमा यो तहको नियन्त्रण गर्ने मनासाय होइन । यसलाई अलिकति डिप्लोमेटिक हिसावले लिनु पर्छ भन्न चाहन्छु ।

सबै नेपालीलाई आतंकित हुने भन्दा पनि सचेत हुने, जानै पर्ने काममा बाहेक नजाने ,हात धुने, माक्स लगाउने लगायतका विषयमा स्वास्थ्यकर्मीले जानकारी गराइसक्नु भएको छ । जस्तो दशै तिहारमा काठमाडौमा सबै हुँदैनौ त्यस्तै आबश्यकता परेमा जनता आ( आप्mना पुर्खौलि घरमा जानुहुन्छ ।

परिआयो भने गाउँ गाउँमा आफ्नै टहरा बनाएर आइसुलेसन गराउन सक्छौँ । धेरै आतंकित हुन आवश्‍यक छैन । नेपाल सरकारले अहिलेसम्म गरेको कामको लागि विशेष धन्यवाद दिनै पर्छ ।

Comments

Top