किन शितल निवास पुगे प्रचण्ड ?

bidhya and prachanda

काठमाडौं ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शितल निवास पुगेका छन् । बुधबार दिउँसो दुई बजे राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका प्रचण्डले एक घन्टा लामो कुराकानी गरेका थिए ।

स्वास्थ्यको कारण देखाउँदै केही दिनदेखि घरमै आराम गरिरहेका प्रचण्ड आज भने राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् । फागुन २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएका प्रचण्ड त्यसपछि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । यद्यपी उनी सुकुटेमा आयोजित कार्यक्रममो उद्घाटनमा भने पुगेका थिए ।

दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच दूरी बढेका बेला राष्ट्रपति भण्डारी र प्रचण्डबीच के कुराकानी भयो भन्नेबारे दुबै पक्षले औपचारिक जानकारी दिएका छैनन्। प्रधानमन्त्री ओली भने यतिबेला मृगौला पत्यारोपण गराएर अस्पतालमा आराम गरिरहेका छन् ।

Comments

Top