आर्मीलाई हराउँदै मनाङ फाइनलमा

Aha-Rara-gold-Cup2020-03-09-08-04-45
पोखरा ।
मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो ।

पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मनाङको जितमा फ्लोरेन्ट, विमल राना र अन्जन बिष्टले एक एक गोल गरे । आर्मीका भरत खवास र दिप कुमार लामाले एक एक गोल फर्काए । मनाङको जितसँगै जारी आहा रारा गोल्डकपको उपाधिका लागि नेपाल पुलिस र मनाङ मस्र्याङदी क्लव भिड्ने भएका छन ।

Comments

Top