कोरोनाका कारण करिब ५ हजारको मृत्यु

korana_virus_2080342585

काठमाडौं ।

कोभिड नाइन्टिन अर्थात कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब ५ हजार पुगेको छ ।

चीन पछि बढी मृत्युदर देखिएको इटलीमा मात्रै मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पछिल्लो एकै दिनमा १ सय ८९ जनाको मृत्यु भएपछि त्यहाँ मृत्यु हुनेको संख्या १ हजार १६ पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

इरानमा एक दिनमा ७५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १० हजार नाघेको छ । स्पेनमा कोरोना संक्रमण तिब्र देखिएको छ । हिजो मात्रै ३१ जनाको मृत्यु हुँदा त्यहाँ ८ सय ६९ जना नयाँ संक्रमित भेटिएको छ ।

कोरोना भाइरसको उद्गम विन्दु मानिएको चीनमा भने यसको प्रभाव अन्त्य भएको घोषणा गरिएको छ । पछिल्लो १ दिनमा चीनमा भने कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने नयाँ संक्रमित पनि ४ जना मात्रै भेटिएका छन् ।

विश्वभर एक दिन अघि ३ सय ४३ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या ४ हजार ९ सय ७१ पुगेको छ । पछिल्लो १ दिनमा ८ हजार ३ सय ४४ जना नयाँ संक्रमित भेटिएका छन् ।

Comments

Top