काठमाडौ ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज साँझ अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको हाे । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उहाँ यही फागुन १९ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।
प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो ।
अस्पतालबाट डिस्र्चाज भए पनि प्रधानमन्त्री ओलीले कम्तिमा ६ महिनासम्म स्वाथ्यमा विशेष ख्यान दिनुपर्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै व्यवस्था समेत गरिएको छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्यलाई ख्याल गर्दै केही समयसम्म पार्टीका बैठक, क्याबिनेट लगायतका कार्यक्रम बालुवाटरमै गर्ने गरी व्यवस्थापन गरिएको छ ।
Comments