अस्पतालबाट डिस्चार्ज हुनु भएका प्रधानमन्त्री ओलीलाई निवासमा पिताको स्वागत

pm oli in niwas

काठमाडौ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरात्रिविएर घर फर्कनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवासमा झण्डै नौ दशक पार गरेका आफ्नै पिता मोहनप्रसाद ओलीले स्वागत गर्नु भएको छ ।

मृगौला पत्यारोपण गर्न जानु अघि पनि प्रधामन्त्री ओलीले पितासँग नै आशिर्वाद लिनु भएको थियो । शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुनु भएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज साँझ अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उहाँ यही फागुन १९ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।

प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो ।

यही फागुन १९ गते मिर्गौला प्रत्यारोपण गर्नका लागि अस्पतालमा भर्ना हुनुभएको प्रधानमन्त्री केपी शर्माको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । अस्पतालबाट डिस्र्चाज भए पनि प्रधानमन्त्री ओलीले कम्तिमा ६ महिनासम्म स्वाथ्यमा विशेष ख्यान दिनुपर्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै व्यवस्था समेत गरिएको छ । प्रधानमन्त्री ओलीले स्वास्थ्यलाई ख्याल गर्दै केही समयसम्म पार्टीका बैठक, क्याबिनेट लगायतका कार्यक्रम बालुवाटरमै गर्ने गरी व्यवस्थापन गरिएको छ ।

Comments

Top