टिपर दुर्घटना हुँदा चार जना घाइते

Accident
मकवानपुर ।
मकवानपुरमा शनिबार दिउँसो टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । कान्तिलोकपथ अन्तरगत हेटौंडा–१७ स्थित सालकपार्क अगाडी टिपर दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना टिपर चालक मकवानपुरगढी वडा नम्बर २ का लक्ष्मण बिक, टिपरमा सवार जनज्योति प्राविका शिक्षिकाद्वय हेटौडा–७ की अनिता पौडेल, मकवानपुरगढी–६ की पार्वती लम्साल र मकवानपुरगढी–२ का गोपाल तिमल्सिना घाइते भएका छन् ।

ब्रेक फेल भई ना ६ ख ७२३१ टिपर दुर्घटना हुँदा टिपर सालक पार्क निर्माण राखेको इट्टाको चाङ भत्काएर भित्तामा ठोकिन पुगेको थियो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७ स्थित खोटार खानीबाट शिवमको ढुङ्गा लिएर उद्योगतर्फ आउँदै गरेको टिपर शनिबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

 

Comments

Top