आहा रारा गोल्डकपः पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दीलाई उपाधि

Aaha Rara 1

कास्की । मनाङ मर्स्याङ्दी क्लबले १८औं आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले शनिबार भएको फाइनलमा छैटौं पटक उपाधि उचालेको हो ।

निर्धारित ९० मिनेट र थप ३० मिनेटको समयमा खेल बराबरी भएपछि भएको टाइब्रेकरमा मनाङले बाजी मार्दै छैटौं पटक उपाधि हात पारेको हो ।

टाइब्रेकरमा पुलिसका भेला सिलवाल, हेम तामाङ र बुद्ध बलले गोल गरे भने मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विके र रञ्जन विष्टले गोल गरे । पुलिसका गोलरक्षकले मनाङको दोस्रो पेनाल्टी रोकेका थिए तर मनाङका गोलरक्षक अजित बरालले पुलिसका तेल तामाङको बल पनि रोके ।

पाँचौं नम्बरमा आएका पुलिसका अजितको प्रहार पनि अजितले रोकेपछि मनाङलाई अवसर आयो, जसमा रञ्जनले कुनै गल्ती नगरेपछि मनाङले उपाधिमा कब्जा जमायो ।

उपाधिसँगै मनाङले १० लाख १ हजार प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।

Comments

Top