कोरोनाका कारण साउदीमा पनि हवाईसेवा स्थगित

Saudi Embassy 

काठमाडाैं । विश्वमा बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणका कारण साउदी अरेबियाले पनि २ साताका लागि आप्mना सम्पूर्ण हवाईसेवा स्थगित गरेको जनाएको छ ।

साउदी सरकारले आइतबारदेखि लागू हुने गरि २ साताका लागि आप्mना सम्पूर्ण हवाईसेवा बन्द गरेको कुरा रियादस्थित नेपाली राजदूताबासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस सम्बन्धमा रियादस्थित नेपाली दूताबासले प्रकाशित गरेको सूचनाः

साउदी अरबमाकोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदै गएको सन्दर्भमा थप जानकारी ।

 १.कोरोना भाइरसबाट संक्रमितहरुको संख्या साउदी अरबमा पनि दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा साउदी सरकारले मार्च १५, २०२० देखि दुई हप्ताका लागि सम्पूर्ण हवाइ सेवा स्थगित गरेको जनाएको छ ।

२.साउदी सरकारको हवाइ सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरूका लागि २ हप्ताको विशेष विदा दिने निर्णय गरेको पनि साउदी सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।तसर्थ, आगामी दुई हप्ताका लागि साउदीमा रहनुभएका नेपाली नागरिकहरू घर विदामा नेपाल जाने तथा घर विदामा नेपालमा रहेकाहरू नेपालबाट साउदी आउन सक्ने अवस्था नरहेको व्यहोरा अनुरोध छ ।

३.साउदी सरकारले दुई हप्ताका लागि हवाइ सेवा बन्द गरेपछिको परिस्थितिलाई समेत विचार गरी यस राजदूतावासले प्रदान गर्दैआएका सेवाग्राहीको भिडभाडपूर्ण उपस्थिति हुने निम्न सेवाहरू हाल स्थगित गरिएको व्यहोरा समेत अनुरोध छ ।

क.घरेलु कामदारहरूका लागि जारी गरिने पुनः श्रम स्वीकृति सिफारिश (Worker Return Recommendation) । घर विदामा नेपालमा हुनुभएकाहरूले पनि यस अवधिमा आफ्ना कफिलहरूलाई सिफारिशका लागि राजदूतावासमा नपठाउनुहुन अनुरोध छ ।

ख.नेपाली राजदूतावास रियाद र राजदूतावासका दम्माम स्थित जन सम्पर्क अधिकारीबाट हुदै आएका वहिर्गमन (अकामा नभएका, अकमा नवीकरण नभएका, हुरूब तथा अभिलेखवद्द नभएकाहरूका अवेदनहरू राजदूतावासले संकलन गर्दै आएको) सम्बन्धी आवेदन संकलनका कार्यहरू ।

ग.साथै, नेपाल सरकारका सम्वद्द निकायहरूसंगको समन्वयमा परराष्ट्र मन्त्रालयको निर्देशन समेतमा यस राजदूतावासले निकाल्ने यस सम्बन्धी सामयिक सूचनाहरू राजदूतावासको वेभसाइट तथा फेसबुकमा हेर्नुहुन पनि अनुरोध छ ।

नेपाली राजदूतावासरियाद ।

२०७६।१२।०१

Comments

Top