हेलिकप्टर चढेर रिसेप्सनमा पुगे आँचल र उदिप

aanchal-udip1
काठमाडौ ।
गत बिहिबार राजधानीको बुढानीलकण्ठस्थित होटल पार्क भिलेजमा  भव्य समारोहको आयोजना गरी हिन्दू परम्पराअनुसार बिबाह बन्धनमा बाधिएका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले आज चुच्चेपाटीको हायात होटलमा भब्य रिसेप्सनको समारोह आयोजना गरेका छन् ।
रिसेप्सनमा नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको आगमन हेलिकप्टरमा भएको हो । उनीहरु सिम्रिक एयरको हेलिकप्टरमा चुच्चेपाटीमा रहेको हायात होटलमा गएका हुन् ।
उनीहरुले एक वर्ष लामो प्रेमसम्बन्धलाई परिणत गरेका हुन् । उनीहरुले फागुन १३ गते इङ्गेजमेन्ट गरेका थिए ।

Comments

Top