मैत्रीपूर्ण फुटबल कार्यक्रम सम्पन्न

Campus football

भक्तपुर ।
अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटीको व्यवस्थापनमा क्याम्पसको प्राङ्गणमा क्याम्पस कमिटी र अनेरास्ववियू केन्द्रीय कमिटी बिच मैत्रीपूर्ण फुटबल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कमिटीका पुर्व अध्यक्ष रमेश मल्ल, वर्तमान सह(संयोजक रञ्जित तामाङ्ग लगायत केन्द्रीय नेताहरु र भक्तपुर बहुमुखी क्याम्पस कमिटीका नेताहरु मास बहादुर लामा,दिपेश बिसुन्के, कृष्ण रानाभाट, विकेश सुवाल,दिपक कार्की, नितेश विष्ट,प्रकाश शर्मा,नवीन शर्मा, संगित दाहाल, लगायतको उपस्थिति रहेको थियो ।

मैत्रीपुर्ण खेलबाट विद्यार्थी नेताहरु विच भेटघाट हुने, भाईचाराको सम्बन्ध स्थापित भई मनोरञ्जन प्राप्त हुने र शारीरिक रुपमा स्वस्फूर्त पार्न मद्दत पुग्ने भएको हुनाले कार्यक्रम आयोजना गरिएको अनेरास्ववियू भक्तपुरका नेता मास बहादुर लामाले बताउनु भयो ।

Comments

Top