कोरोनाकै कारण ग्यासको हाहाकार हुँदैनः नेपाल आयल निगम

gas-bullet

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अहिले देशभर देखिएको खाना पकाउने ग्यासको हाहाकार नियन्त्रणमा सरकार लागि परेको छ । यसै सन्दर्भमा नेपाल आयल निगमले हालसम्मकै उच्च गतिमा ग्यासको आयात गरेको छ ।

नेपाल आयल निगमले दिएको जानकारी अनुसार पछिल्लो चार दिन (शुक्रबारसम्म) मा मात्रै पाँच वटा नाकाबाट ४ सय ८१ बुलेट ग्यास नेपाल भित्रिएको छ । निगमकाअनुसार एक बुलेट ग्यासबाट करिब आठ हजार ५ सय वटा सिलिण्डर भर्न पुग्छ । निगमकाअनुसार चार दिनमा भित्रिएको ग्यासका बुलेटबाट करिब ४० लाख ८८ हजार ग्यासका सिलिण्डर भर्न सकिन्छ ।
यसरी भित्रिएको परिणामअनुसार उपत्यकालगायत देशभर ग्यासको अभाव नहुने निगमले जनाएको छ । उपभोक्ताले अनावश्यक रूपमा ग्यासको भण्डारण गरेर नराख्न पनि निगमले अनुरोध गरेको छ ।

निगमका अनुसार वीरगञ्जबाट दुई दिनमा २ सय १० बुलेट, विराटनगर भन्सारबाट चार दिनमा ६६ बुलेट, भैरहवा भन्सार भन्सार कार्यालय भएर तीन दिनमा १ यस ५३ बुलेट, नेपालगञ्ज भन्सार भएर तीन दिनमा ३० बुलेट र काँकडभिट्टा नाका भएर तीन दिनमा २२ बुलेट ग्यास आयात भएको नेपाल आयल निगमले जनाएको छ ।

Comments

Top