'लप्पन छप्पन–२' को ‘झुसे बारुलो’ गीत सार्वजनिक

Jhuse Barulo

काठमाडौं । नेपाली फिल्म ‘लप्पन छप्पन–२’ को गीत ‘झुसे बारुलो’ सार्वजनिक भएको छ । मिस्टर आर्जे अर्थात राजेन्द्र भट्टको शब्द तथा संगीत रहेको गीतमा आर्जन पाण्डे र विद्या तिवारीको स्वर छ ।

गीतमा मोहित मुनालले संगीत संयोजन गरेका छन् भने कोरियोग्राफी नरेश नाथ योगीले गरेका छन् । गीतमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् । सार्वजनिक गीत आमिर खानको फिल्म ‘थ्री इडियट्स’ को ‘अल इज वेल’सँग प्रभावित छ ।

यहि १२ बैशाखबाट प्रदर्शन हुने भनिएको फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । एक्सन ड्रामा फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन–२’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सिर्जना सिना, रन्जित ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् । फिल्म्मा पटकथा र संवाद निर्देशक भट्ट र सुनिल निउरेको रहेको छ भने पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट र दीपक आरजेको संगीत छ ।

फिल्ममा किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी रहेको छ भने हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । यो फिल्मलाई गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआई गु्रप युरोप र एमएसी मिडियाले सहकार्य निर्माणमा हुन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माता रहेका छन् ।

Comments

Top