कोरोनाका कारण प्रहरी र सेनाको शान्ति मिसन अलपत्र

police

काठमाडौं । विश्वभरि फैलिएको कोरोना भाइरसको कारण नेपाल प्रहरी र  नेपाली सेनाको संयुक्त राष्ट्र संघ (यूएन) शान्ति मिसन प्रभावित बनेको छ । कोरोनाका कारण मिसनमा आउने टोलीलाई यूएनले नपठाउन आग्रह गरेपछि अन्तिम समयमा शान्ति सेनामा खटिने अधिकृत नेपालमै रोकिएका हुन् ।

संयुक्त राष्ट्रसंघको मिसनका लागि दक्षिण सुडान उड्ने तयारीमा रहेका ६९९ जना सैनिक अधिकारी रोकिएका छन् ।

दक्षिण सुडान नै जाने पालोमा रहेका नेपाल प्रहरीका १८ अधिकृत पनि रोकिएका छन् । तयारी भइरहेकै बेला संयुक्त राष्ट्र संघबाट कोरोनाका कारण देखाउँदै रोकिएको जानकारी आएको छ ।

यसअघि मिसनमा रहेर फर्किने तयारीमा रहेका अधिकृत पनि उतै रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित