कतारमा २ हजार नेपाली क्वारेन्टाइनमा, सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द

Qatar_Corona

कतार । चीनबाट फैलिएर विश्वब्यापी बनेको कोरोना भाइरस (कोभिड- १९)का कारण कतारमा २ हजार नेपालीसहित चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको जनाएको छ ।

कोरोना भाइरस फैलिन नदिन कतार सरकारले आइतबारबाट सबै सार्वजनिक यातायात सेवाहरू पनि बन्द गरेको घोषणा गरेको छ।

कतारी अमीर एच एच शेख तमीम बिन हमद अल थानीले संकट व्यवस्थापनको लागि सर्वोच्च समितिको बैठकमा दिएको निर्देशनअनुसार आगमन उडानहरू र सार्वजनिक यातायात सेवाहरू बन्दको घोषणा भएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोल्वा अल खटरका अनुसार दोहाका लागि कुनै पनि आगमन उडान बुधवार साँझदेखि दुई हप्ताका लागि बन्द गरिएको जानकारी दिएको छ ।

यद्यपि, हवाई कार्गो, ट्रान्जिट उडानहरू र कतारी नागरिकहरूको उडानलाई भने अनुमति दिइनेछ। त्यस्ता उडानहरूमा आउनेहरू दुई हप्ताको लागि क्वारेन्टाइनमा बस्नुपर्ने छ।

Comments

Top