अमेरिकी दूताबासद्वारा कोरोनाका कारण भिषा अपोइन्टमेन्ट रद्ध

US Embassy copy

 

काठमाडौं । विश्वमा बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको अमेरिकाले नेपालस्थित दूताबासबाट अमेरिका प्रवेशाज्ञाका लागि लिँदै गरेको अन्तर्वार्ताको कार्यक्रमहरु स्थगित गरेको छ । कोरोनाका कारण देशभरि नै संकटकालको घोषणा गरेका ट्रम्प सरकारले डाइभर्सिटी भिषा र गैर–आप्रवासी भिषा अपोइन्टमेन्ट रद्ध गरेको जनाएको छ ।

दूताबासले फेसबुक पेजमार्फत रद्ध भएको जनाएको छ । फेसबुक पेजमा अगाडी लेखिएको छ, 'भिसा आवेदकहरूका लागि कोभिड-१९ सम्बन्धी सूचना: २०७६ चैत ४ गतेदेखि लागु हुने गरी काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको छ। हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्‍चालन गर्नेछौँ तर यस बखत भने निश्‍चित समय तोक्‍न असमर्थ छौँ। एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ । अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्नका लागि कृपया support-nepal@ustraveldocs.com बाट उपलब्ध गराइएका निर्देशनहरूको पालना गर्नुहोला।'

Comments

Top