यातायात व्यवस्था विभागद्वारा नयाँ लाइसेन्स लिने प्रक्रिया स्थगित (सूचनासहित)

yatayat_bivag

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको छ । विभागले लाइसेन्सका लागि आवेदन नै लिन बन्द गर्दै सूचना प्रकाशित गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण त्रास बढेसँगै आवेदन र ट्रायल दिन ठूलो भीडभाड हुने भएकाले सेवा स्थगनको निर्णय लिइएको विभागले जनाएको छ ।अब वर्ग थप गर्ने काम पनि रोकिने छ भने नवीकरण र प्रतिलिपि निकाल्ने सेवा भने नरोकिने विभागले बताएको छ ।

Yatayat_Suchana

Comments

Top