कोरोनाका कारण फुर्सदिली दीपिका घर सरसफाइमा व्यस्त

deepika

मुम्बइ । विश्वभर कोरोना भाइरस (कोभिड–१९’ले आक्रान्त बनाएको छ । कोरोनाबाट भारत पनि प्रभावित बनेको छ । भारत सरकारले घरभन्दा बाहिर नजान सल्लाह दिइसकेको छ ।

कोरोना भाइरसको कारण फिल्मको छायाँकन समेत रोकिएको छ । यस्तो बेला बलिउड कलाकारहरु फुर्सदिला भएका छन् । फुर्सदको अवसरलाई बलिउड अभिनेत्री दीपिका पादुकोण भने घरको सरसफाई र आफ्नो स्याहारमा लगाएकी छन् ।

पछिल्लो समय फिल्म ‘छपाक’ देखिएकी दीपिकाले हालै आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक तस्विर सेयर गरेकी छन् । जुन तस्विरमा उनी फेस मसाजमा ब्यस्त छिन् । साथै, उनले लेखेकी छन् ‘सिजन–१, एपिसोड २१ (कोभिड–१९)को समयमा प्रोडक्टिभिटी’ । साथै दीपिकाले आफैंलाई गर्ने प्यार र स्याहार समेत लेखेकी छन् । यसअघि एक पोस्ट सेयर गर्दै उनी घरको सरसफाइमा ब्यस्त रहेको जानकारी दिएकी थिइन् ।

‘पेरिस फेसन विक’का लागि फ्रान्स जाने तयारीमा रहेकी दीपिकाले कोरोनाकै कारण कार्यक्रममा उपस्थिति जनाउन नसक्ने बताएकी थिइन् । ३१ मार्चसम्म भारतले ‘लकडाउन’ गरेको छ । सोही कारण उनी परिवारका साथ घरमा समय बिताउ“दै छिन् ।

Comments

Top