डिजिटल बैंकिङ कारोबार निःशुल्क गर्ने बैंकर्स संघ र राष्ट्र बैंकको निर्णय (विज्ञप्तिसहित)

 NRB

काठमाडौं । बैंकर्स संघले आइतबारबाट डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने जनाएको छ । शुक्रबार कामु गभर्नर चिन्तमणि शिवाकोटीको नेतृत्वमा बैंकर्स र राष्ट्र बैंकका अधिकारीहरू बीचको छलफलले डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय भएको हो ।

डिजिटल कारोबार निःशुल्क गर्दा बैंकको काउन्टरमा हुने भिडभाट कम हुने र त्यसले कोरोनाको संक्रमण फैलिनबाट रोक्न मद्दत पुग्ने भन्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले यस्तो व्यवस्था मिलाएको हो ।

बैंकर्स संघले आइतबारबाट डिजिटल कारोबामा शुल्क नलिने निर्णय गर्र्दै कामु गभर्नरसँग भेटेको थियो । जसले गर्दा बैंकमा ग्राहकको भिड कम हुने र कोरोनाको जोखिम कम गर्न यस्तो निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

विज्ञप्तिः

Bank_Press

 

Comments

Top