कोरोना संक्रमित बलिउड गायिका कनिकाविरुद्ध एफआईआर दर्ता

katina

उत्तरप्रदेश । कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपुरका विरुद्धमा एफआइआर दर्ता भएको छ । कोरोना भाइरस संक्रमित भइसकेपछि लापरबाही गरेको आरोपमा उनलाई उत्तर प्रदेश पुलिसले एफआईआर दर्ता गरेको जनाइएको छ ।

उनका विरुद्धमा भारतको आइपीसीको धारा १८८, २६९ र २७० को आधारमा उजुरी दर्ता गरिएको हो । यस धारामा संक्रमित व्यक्तिले लापरबाही गरेर अन्य व्यक्तिमा संकट पु¥याउने सम्बन्धी उल्लेख गरिएको छ ।

कनिका ९ मार्चमा लण्डनबाट भारत फर्किएकी थिइन्, र उनी लखनउमा आयोजित २–३ वटा ठूला ठूला पार्टीहरुमा सहभागि भएकी थिइन् । त्यसकारण उनीविरुद्ध अन्य व्यक्तिलाई संकट पु¥याएको आरोपमा एफआईआर दर्ता गरिएको जनाइएको छ

Comments

Top