कोरोना भाइरसः नेपालको सीमावर्ती क्षेत्र भारतको बिहारमा कोरोनाबाट १ को मृत्यु

bihar

पटना । कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले ुजनता कर्फ्युु लगाइएको भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढेर ३४१ पुगेको छ । त्यहाँको मेडिकल रिसर्च एशोसियसनले उक्त जानकारी दिएको हो।

जसअनुसार आइतवार मुम्बईमा छजना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेका हुन्। महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण भेटिएको छ र एकजनाको मृत्यु भएको छ।

आधिकारिक तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म छजनाको मृत्यु भएको छ।

नेपालको सिमाना जोडिएको बिहार राज्यमा दुईजना नयाँ सङ्क्रमित फेला परेको र एकजनाको मृत्यु भएको जनाइएको छ। राजधानी पटनाको एम्स अस्पतालमा ती व्यक्तिको मृत्यु भएको हो।

स्थानीय पत्रकार नीरज सहायका अनुसार हालसालै ती व्यक्ति कतारबाट फर्किएको बीबीसी हिन्दीले जनाएको छ।

उनको मृत्यु शनिवार भएको थियो र पछि प्राप्त रिपोर्टमा उनमा कोरोनाभाइरस पोजेटीभ देखिएको बताइएको छ। अस्पतालमा उपचार गराइरहेका अर्का सङ्क्रमित व्यक्ति हालै स्कटल्यान्डबाट फर्किएका थिए। आइतवारभन्दा अघि बिहारमा सङ्क्रमित व्यक्ति फेला परेका थिएनन्।
– बीबीसी

प्रतिक्रिया

सम्बन्धित