अस्थायी क्वारेन्टाइनका लागि आफ्ना भौतिक संरचना प्रयोग गर्न दिने एन्फाको घोषणा

Anfa-Office

काठमाडौं । विश्वमा बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणप्रति सजग हुँदै नेपाल सरकारले पनि कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि विभिन्न निर्णयहरु गरेको छ । सरकारद्वारा निजी क्षेत्र र अन्य सम्बन्धित पक्षहरुलाई पनि कोरो्ना भाइरसको संक्रमणबाट बच्नका लागि सहयोग गर्न आग्रह गरेको छ ।
यसै परिप्रेक्ष्यमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो मातहतका भौतिक संरचनाहरुलाई अस्थायी क्वारेन्टाइन र आइसोलेसन बनाउनका लागि सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै एन्फाले ललितपुरस्थित एन्फा कम्प्लेक्सको होस्टल, बुटबल र धरानको फुटबल एकेडेमीका होस्टल र रौतहटको महिला फुटबल एकेडेमी आवश्यक पर्दा क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने जानकारी दिएको हो ।

एन्फा प्रवक्ता किरण राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा, ‘अखिल नेपाल फुटबल संघको भौतिक संरचनाहरु ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटबल र धरानको एकेडेमीका होस्टल, रौतहटस्थित महिला एकेडेमीको होस्टल अस्थायी क्वारेन्टाईन र आइसोलेसनको लागि आवश्यक परेको खण्डमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले प्रयोग गर्न सक्ने कुरा जानकारी गराउन चहान्छु’, भनिएको छ ।

विज्ञप्तिः

ANFA

 

Comments

Top