कोरोना सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पीपीई र शतप्रतिशतसम्म भत्ता

Cabinet_mantriparisad-baithak_baluwatar_9_12

काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकलाई शतप्रतिशतसम्म जोखिम भत्ता दिने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्‍त्री युवराज खतिवडाले अहिलेको विशेष परिस्थितिमा स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाले काम लगाउनु पर्ने भएकोले ५० देखि शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरिएको बताए ।

चिकित्सकदेखि ल्याब, फ्रन्ट डेस्कमा रहेर सेवा पुर्‍याउने सबैले जोखिम भत्ता पाउने भएका छन् । सरकारले उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) लगायतका सुरक्षा उपकरण उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

मन्त्री खतिवडाका अनुसार सङ्क्रमितको उपचारमा खट्नेहरूको स्वास्थ्य सुरक्षाका लागि सबै किसिमका उपकरण उपलब्ध गरी परिचालित गर्ने निर्णय भएको छ । त्यस्तै सरकारले सरकारी कर्मचारीहरुले नियमित काममा आउनु पर्ने स्पष्ट पारेको छ । मन्त्री खतिवडाले भने, ‘केही अन्यौल थिए, तर सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने स्पष्ट पारिएको छ ।’

 

Comments

Top