लोकसर्जक प्रकाश सपुतद्वारा कोरोना कोषलाई २ लाख प्रदान

Prakash Saput

काठमाडौंलोकगायक प्रकाश सपुतलेराष्ट्रिय कोषलाई दुई लाख रुपैयाँ सहयोग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारमात्र मन्त्रिपरिषद बैठकमा कोरोना भाइरस रोकथाम तथानियन्त्रणका लागि १० करोडको राष्ट्रिय कोष स्थापना गर्ने घोषणा गरेका थिए ।त्यसको भोलीपल्ट सोमबार गायक सपुतले कोषका लागि दुई लाख रुपैयाँ दिएका हुन् ।

गायक सपुतले सोमबार फेसबुकमा स्टाटस लेख्दै सो जानकारी गराएका छन् । हातमाचेकसहितको तस्बिर पोस्ट गर्दै उनले उक्त चेक पत्रकार महासंघ बागलुङकाअध्यक्ष दिल शिरिषको रोहबरमा महासंघको कार्यलय बागलुङमा पठाएको जनाएका छन् ।उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै उक्त सहयोग गरेको बताएका छन् ।

गायक सपुतले फेसबुकमा पोष्ट गरेको स्टाटस जस्ताको तस्तै

सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार
विश्वमा भयानक रुप लिँदै महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस सतर्कताकालागि नेपाल सरकारले गरेका प्रयासहरु सरहानिय छन । भर्खरै मिर्गौलाप्रत्यारोपण गरेको आफ्नो कमजÞोर शरीर तर बलियो आत्मबल सहित सार्क राष्ट्रकासरकार प्रमुखहरुसंग गरेको भिडियो कन्फेरेन्स र शुक्रबार साझको सम्बोधनलेव्यक्तिगत रुपमा तपाईको सक्रियता र सरकारको जÞिम्मेवारी बोध प्रति हामीकृतज्ञ छौ । यधपि केहिदिन अगाडि स्वास्थ्य मन्त्री ज्यु ले घरमा पाहुनाआएको भन्दै देखाएको व्यक्तिगत हतारोले खिस्रिक्क परेका थियौ । अरु त सबैठिकै छ । कोशिश राम्रो छ । किप ईंट अप ।
सरकारकै निर्देशनलाई पालना गर्दै सबै काम धन्दा छोडेर भिडभाड कम हुने रबस्ती अलि पातलो भएको आफ्नै गाउको घरमा आएर सेल्फÞ क्वारेनटाईनमा बसेका छौ ।दशैँमा समेत नजुटिने हाम्रो परिवार यसपाली घर भरी भएका छौ । एक अर्थमामेरो बाबा, आमा र गाउ सार्है खुसी देखिएका छन तर त्यो खुसी धेरै बेर रहनसकेन जब साझ खान खाने बेला बाबाले चिन्ता व्यक्त गर्नुभयो ‘अबअनिश्चितकालीन बन्द भन्छन । यसरी सबै परिवार भेला भएर बसीबसी खान कहिलेसम्म पुग्ने हो ?’ माहोल स्तब्ध भयो । खाना खल्लो ! (बाबा लामो बैदेशिकरोजÞगार पछि अहिले घरमा हुनुहुन्छ । मैले नै उहाँलाई ढाडस दिएको थिए ( बा !तपाई बुढो हुनु भो अब बिदेश नजानुस ।म गर्छु । आमा गृहिणि हुनुहुन्छ ।माईलो भाई रोजगारीको लागि कहिले मलेशिया कहिले दिल्ली भौतारिराछ । खासतरक्कि गर्न सकेको छैन । बुहारी र छोरा गाउमै छन । अर्को दुई जना भाई रमेरी श्रीमती बिन्दु अध्यनरत छन र आफ्नो करियरमा संघर्षरत छन । मेरी एउटाछोरी छिन ३ वर्षको । पछिल्लो ५र६ वर्ष देखि १० जनाको हाम्रो परिवार नितान्तम मा निर्भर छ भने पेशाले म गितसंगितमा निर्भर छु । फुलटाईमर कलाकार भनम न।दर्शकस्रोताको मायाले जेनतेन चलिरहेको छ । हैन, राम्रै चलिरहेको छ । )खाना खाईवरी कोठामा पुगेपछि श्रीमती बिन्दु जि र मैले हाम्रो अकाउन्ट चेकगर्यौ । यहि वर्ष काठमाण्डौमा सानो घर लिएकाले हामी संग धेरै नगद मौज्दातरहनेछ । व्यवस्थापनमा मास्टर्स डिग्री बिन्दु जिले हिसाब निकाल्नु भयो (सामान्य खर्चमा १० जनाको हाम्रो परिवारलाई बसि बसि खाए पनि ४ देखि ६महिनालाई पुग्ने पैसा हामी संग रहेछ । मैले आफुलाई भंयकर सम्पन्न भएकोमहशुस गरे । मैले आफ्नो करियरमा कहिल्यै पैसालाई महत्व दिईन । आत्मसम्मान रसपना को पछि लागे । यधपि दुई छाक टार्न गरेको संघर्षको छुट्टै कहालीलाग्दोकथा छ । परिवारलाई हुदा खाने धरातलबाट उठाएर ६ महिना बसी बसी खान पुग्नेधन जोर्नु भनेको ठुलो उपलब्धि हो । मैले खत्रै फट्को मारेको हो हाम्रोपुर्खाको तुलनामा ( बिन्दु जि लाई यति गफ लाईदेको उनी ढुक्क भएर निदाईन ।तर म निदाउन सकिन ।

सम्माननीय प्रधान मन्त्री ज्यु ।
के हाम्रो बा ले गरेको जस्तो अड्कल र चिन्ता हजुरले गर्नु भएको छ ? मन्त्रीपरिषदको कोरोना भाईरस सुरक्षा सतर्कता बैठकमा के यो प्रश्न उठेको छ किपरिस्थिति यस्तै रहयो भने हामी कति दिन सम्म पाल्न सक्छौ हाम्रो जनतालाईभनेर ? ! के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो ? मैलेआफुले पाल्नु पर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफुले पाल्नुपर्ने नागरिकको हिसाब राखेको छ ? मैले छ महिना भने जस्तै के तपाई भन्नसक्नु हुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिती आयो भने सरकारसंग कतिमहिनालाई पुग्ने भकारी छ ? समस्या अहिल्यै बाट शुरु भैसकेको छ । कोरोना नआएपनि भोकमरीले अलिअलि छाया देखाईसकेको छ ! कम्पनी बन्द भएपछि कतै सेल्फÞ क्वारेन्टाईन त कतै आईसोलेशनमा थुनिएको परदेशीले उसकै भरमा बसेको आफ्नोपरिवारलाई केहि हप्ता देखि पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन ! कामठप्पै भएपछि खल्तीमा डेडदुईसय बचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेरअचानक महगिँएको पसल अगाडि गएर घण्टौ सोच्छ होला (यति पैसाले स्यानीटाईजरकिनम कि स्यानी छोरीको लागि एक गास चामल ? हात धुनें साबुन किनम कि भातभिजाउने तिउन ? कोरोना छेक्ने माक्स किनम कि आशु पुछ्ने रुमाल ? रोग को डर रभोकको डरमा कति फरक छ ? , रोगले मर्नु र भोकले मर्नु मा मृत्युको मुल्यकति फरक हो ? कि उस्तै उस्तै हो ! साझ निदाउने बेला एकपटक ‘कवि’ जस्तो मनबनाएर, एकपटक ‘बा ‘ जस्तो मन बनाएर यस्सो सोच्नुस त प्रम ज्यु । के भन्दोरछ हजुरको मनले !
ल मानम परिस्थिति यस्तै भयो( आफुसंग हुदा सम्म खाने , नभए मर्ने स्थिती आयोभने हाम्रो परिवारको आयु ६ महिना तोकियो । यसबाहेक पनि केहि रकÞम बच्नेभयो करिब ( २ लाख रुपैया । एउटा जÞिम्मेवार नागरिकका हैसियतले यो रकÞम योविषम परिस्थितीका निमित्त सहयोग गर्न चाहन्छु । कहा कसकों नाममा दिने निधोनभएपछि रकÞम लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्षदिल शिरिष ज्युको रोहबरमा महासंघको कार्यलय बागलुङमा पठाएको छु। यो रकÞमसरकारकै मातहतमा जहा चलाए पनि हुन्छ । कोरोनाको आंशकामा बिना पुर्वाधारबिरामी जाचिरहेका ति हिम्मतिला नेपाली डाक्टर र स्वास्थ्यकर्मिका लागि २जोर ग्लब्स र एक जोर बलियो गाउन किन्न काम लागेपनि म खुसी ! सेल्फÞ क्वारेन्टाईनमा बस्न नपाई ज्यानको बाजÞी लगाएर नागरिकको सुरक्षामा खटिएकानेपाली सुरक्षाकर्मीले पाउने पेन्शनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भनेपनि म खुसी । रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्दार बालबालिका रअन्य रोगले ग्रस्त कोहि कसैलाई २ बोतल भिटामिन ख्वाउन काम लागे पनि म खुसी ।काम धन्दा सबै ठप्प भएर भोंकभोकै हुनुपर्ने केहि श्रमिक घरपरिवारलाईगोडाएक महिना दुई गास दालभात ख्वाउन पाए पनि म खुसी । रकÞम थोरै छ तर यस्तोपरिस्थितिमा जहा जसरी काम लागे पनि म खुसी ।
ल मानम यो सबै परिस्थितीको सामना र जÞिम्मेवारी सरकारले नै पुरा गर्ने भयो ।सामान्य नागरिकको सहयोग नचाहिने भयो र मेरो चेक फिर्ता आयो भने त म झनैखुसी । यदि फिर्ता आयो भने म यो चेकको केहि पैसाले सरकारको महिमामा एउटागज्जबको गित रेकर्ड गर्ने छु । र बाकि रकÞमले मेरी छोरीको शैक्षिक बिमागरिदिनेछु । उस्ले धेरै पढोस र विश्वमा फेरी यस्ता विषम परिस्थिति आयो भनेरकÞम नतोकिएको चेक डोनेशन गर्न सक्ने हैसियत बनाओस । आफ्नो देशका लागिमात्रै होईन पुरै विश्वका लागि ।

आफ्नो र हाम्रो ख्याल राख्नुहोला, धन्यबाद ।
प्रकाश सपुत
एक नागरिक र एक कलाकार ।

 

Comments

Top