नगर प्रवेश गर्नुअघि स्वास्थ्य परिक्षण गर्दै रामपुर नगरपालिका

1

रामपुर । विश्वभर हजारौं मानिसको ज्यान लिइसकेको कोरोना भाइरसबाट नेपालमा पनि एक जना संक्रमित फेला परेका छन् । विश्वमा देखिएको संक्रमणका कारण साबधानी अपनाउँदै नेपाल सरकारले विगत केही दिनदेखि विभिन्न उपायहरु अवलम्बन गरेको छ ।

4

यसैअनुसार पाल्पाको रामपुर नगरपालिकाले नगरपालिकाभित्र छिर्ने व्यक्तिहरुलाई स्वास्थ्य परिक्षण गरेरमात्र नगर प्रवेश गराउने निर्णय कार्यान्वयन गरेको छ ।

रामपुर नगपालिकाको समन्वयमा रामपुर अस्पतालका स्वास्थ्यकर्मीको टिम र स्थानीयबासीको पहलमा काठमाडौंबाट रामपुर आएका ३ वटा बसका यात्रुहरुको स्वास्थ्य परिक्षण गरिएको रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापाले बताए । उनले रामपुर अस्पताल, स्थानीयबासी, सुरक्षाकर्मी एवं जनप्रतिनिधिको सहभागीतामा १६८ जना यात्रुहरुको स्वास्थ्य परिक्षण गरि नगर प्रवेश गराइएको बताए ।

3

तस्वीरहरुः नगरप्रमुख रमण थापाको फेसबुकबाट

Comments

Top